images
images

महँगी नियन्त्रण गर्न सरकार असफल : मुख्य चाडपर्वको मुखमा चिनीको मूल्य वृद्धि १८ प्रतिशत

महँगी नियन्त्रण गर्न सरकार असफल : मुख्य चाडपर्वको मुखमा चिनीको मूल्य वृद्धि १८ प्रतिशत

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • महँगी नियन्त्रण गर्न सरकार असफल : मुख्य चाडपर्वको मुखमा चिनीको मूल्य वृद्धि १८ प्रतिशत

    काठमाडौँ / आर्थिक समस्याका बीच बढेको बजार महंगी अझै नियन्त्रणमा आउन सकेको छैन । सरकारले महँगीलाई नियन्त्रणमा राख्ने बताइरहँदा चालु आर्थिक वर्षको तीन महिनाको महँगीले नै सरकारलाई सो दाबीलाई चुनौति दिएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार भदौमा महिनामा मूल्य वृद्धि (मुद्रास्फिति) दर सरकारको लक्ष्यभन्दा बढी देखिएको हो । सरकारले बजेटमार्फत महँगी ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए पनि चालु आर्थिक वर्षको तीन महिनामा महँगी बढ्दो क्रममा छ । 

    चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.५ प्रतिशत थियो । केन्द्रीय बैंकको पछिल्लो महिनाको तथ्यांक हेर्ने हो भने मूल्य वृद्धि बढ्दो क्रममा रहेको छ । 

    सरकारले बजेटमार्फत महँगी ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए पनि चालु आर्थिक वर्षको दुई महिनामा महँगी बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको दोस्रो महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८।१९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत थियो । केन्द्रीय बैंकको पछिल्लो महिनाको तथ्यांक हेर्ने हो भने मूल्य वृद्धि बढ्दो क्रममा रहेको छ । 

    1.JPG

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको बैंकले जनाएको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । 

    समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दु गत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ ।समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ ।

    1.JPG

    २०८० असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।

    २०८० असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार