images
images

आज कुन देशको मुद्राको भाउ कति रुपैयाँ छ ?

आज कुन देशको मुद्राको भाउ कति रुपैयाँ छ ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति रुपैयाँ छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ खरिदमा १३२ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४८ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ९२ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६४ रुपैयाँ ८८ पैसा र बिक्रीमा १६५ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा, जापानिज येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा पर्नेछ । 

    साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार