images
images

बढ्यो विद्युतीय गाडी आयात : चार महिनामा भित्रियो २७ सय ८७ वटा सवारी

बढ्यो विद्युतीय गाडी आयात : चार महिनामा भित्रियो २७ सय ८७ वटा सवारी

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • बढ्यो विद्युतीय गाडी आयात : चार महिनामा भित्रियो २७ सय ८७ वटा सवारी

    काठमाडौँ / पछिल्लो समय नेपाली बजारमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कअनुसार चार महिनामा २७ सय बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

    images
    images

    चालु आर्थिक बर्ष २०८०/८१ को चार महिनाको अवधिमा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ सय ८७ वटा विद्युतीय गाडी आयात भएको हो । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा जम्मा एक हजार १८ वटा यस्ता विद्युतीय गाडी आयात भएको थियो।

    गत वर्षभन्दा यस पटक विद्युतीय गाडीको आयात १७३.७७ प्रतिशतले बढेको हो । सरकारले विद्युतीय सवारी साधन प्रयोग बढाउनका लागि प्रोत्साहन गर्ने नीति अबलम्बन गरेसँगै आयात बढेको भन्ने बुझिन्छ।

    तथ्याङ्क अनुसार कात्तिक महिनामा मात्रै  छ सय ५२ वटा विद्युतीय गाडी आयात भएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म ५० किलोवाटसम्म मोटर क्षमता भएको १२ सय ७९ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। ५१ देखि एक सय किलोवाटसम्म मोटर क्षमता भएको १४ सय ८१ वटा, १०१ किलोवाटदेखि दुई सय किलोवाटसम्म मोटर क्षमता भएको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाट मोटर क्षमता भएका १० वटा विद्युतीय कार आयात भएका छन्।

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ अर्ब ७३ करोड २७ लाख ५० हजार बराबरको विद्युतीय कार, जीप र भ्यान आयात हुँदा सरकारले दुई अर्ब ९६ करोड ९९ लाख हजार बराबरको राजस्व संकलन गरेको छ। 

    तथ्यांक अनुसार सो आवधिमा चीनबाट ५० किलोवाटसम्म मोटर क्षमता भएका दुई सय ५ वटा, भारतबाट एक हजार ६२ वटा र इन्डोनेसियाबाट १२ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।  

    त्यस्तै, ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएकामध्ये १३ सय ४९ वटा चीनबाट, एक सय ३१ वटा भारतबाट आयात भएका छन्।एक सयदेखि दुई सय किलोवाटसम्म मोटर क्षमता भएकामध्ये १३ वटा कार, जिप र भ्यान चीनबाट आयात गरिएको छ। दुई सयभन्दा बढी क्षमता भएको १० गाडीमध्ये ७ वटा चीन र ३ वटा अमेरिकाबाट आयात गरिएको छ। 

    यसर्थ, नेपालमा सबैभन्दा धेरै गाडी चीन र त्यसपछि क्रमशः भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार