images
images

फेडेरल  रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

फेडेरल  रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • फेडेरल  रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

    काठमाडौँ / फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) ‘ब्रोकर अफ दि इयर – नेपाल’बाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा कार्तिक ७ गते मुम्बईमा आयोजित प्रतिष्ठित चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । 

    images
    images

    चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड ,२०२३ अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्वतन्त्र परामर्शदाता पिडब्ल्यूसी भारतको सहकार्यमा गरिएको थियो । उक्त समारोहमा पिडब्ल्यूसीले, अवार्डको प्रक्रिया समीक्षकको रूपमा कार्य गर्दै, चयन प्रक्रियाको विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । 

    उक्त समारोहमा कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा कार्य सम्पादन गर्ने विभिन्न कम्पनीहरूलाई सम्मानित गरिएको थियो । 

    भारतको मुम्बईमा नोभेम्बर २२ बाट सुरु भएको समारोहमा फेडेरलका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले एशियन स्तरको उक्त पुरस्कार ग्रहण गरेका हुन् । सो अवार्ड ग्रहण गरे पश्चातः पौडेलले आफ्नो विचार व्यक्त गर्दै भने, “यो अवार्ड एफआरबीएलको संचालक समिति , व्यवस्थापन तथा अन्य सरोकारवालाहरुको अथक प्रयास र सहयोगको परिणाम हो ।  यस अवार्डले हाम्रो ग्राहक सेवाको उत्कृष्टतालाई सुनिश्चित गरेको छ र हामीलाई अझै गुणस्तरीय सेवा प्रदान गर्न हौसला बढाएको छ ।” 

    उक्त उपाधिले एफआरबीएललाई पुनर्बीमा क्षेत्रमा उत्कृष्टताको उदाहरण बन्न मदत पुगेको छ । नेपालको पुनर्बीमा दलाल क्षेत्रमा उत्कृष्टता र ग्राहक–केन्द्रित सेवाको दृष्टिकोणबाट एक आदर्शको स्थापना गर्न एफआरबीएल सफल भएको छ ।   

    एफआरबीएलले भारतीय चेम्बर अफ कमर्स तथा इमर्जिङ एसिया बीमा पुरस्कार समितिलाई आभार व्यक्त गर्दै पुनर्बीमा दलाल क्षेत्रमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्न अग्रसर रहने प्रतिबद्दता जनाएको छ ।

    यो उपाधि एफआरबीएलको लागि अर्को ऐतिहासिक उपलब्धि हो । हालै मात्र नेपालमा आइएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्ने पहिलो पुनर्बीमा दलाल कम्पनी बनेको एफआरबीएल, ‘ब्रोकर अफ दि इयर – नेपाल’ अवार्ड प्राप्त गर्ने पनि नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी बनेको छ ।

    विश्वभरका प्रतिष्ठित बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनीहरू, ब्रोकरहरू र जोखिम व्यवस्थापन फर्महरूसँग रणनीतिक रूपमा साझेदारी गर्दै, एफआरबीएलले अन्तर्राष्ट्रिय पुनर्बीमा क्षेत्रमा एक प्रमुख खेलाडीको रूपमा आफ्नो स्थान बलियो बनाएको छ ।

    उक्त भव्य समारोहमा एसियन राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, थाइल्याड, भुटान, म्यानमार र मालदिभ्सबाट बीमा क्षेत्रका दिग्गज व्यक्तिहरूको उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार