images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंङ्कको अफर : कनेक्ट आइपिएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्दा मोवाइल फोन हातमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंङ्कको अफर : कनेक्ट आइपिएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्दा मोवाइल फोन हातमा

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंङ्कको अफर : कनेक्ट आइपिएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्दा मोवाइल फोन हातमा

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले आफ्ना मोवाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफर’मा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । बैङ्कले एनसिएचएलसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको हो । 

    images
    images
    images
    images

    सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोवाइल बैङ्किङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको एनआइएमबि स्मार्ट एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् । 

    सो अफर मंसिर १० गते देखि पुस ९, २०८० गतेसम्म लागु हुनेछ । एनआइएमबि स्मार्ट एपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । 

    फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआएएमबि स्मार्ट एपमा लग–इन गरी, फन्ड ट्रान्सफर मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । 

    मोबाइल बैङ्किङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ति मोबाइल बैङ्किङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । 

    कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाको मोवाइल बैङ्किङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । एनआएएमबि स्मार्टमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार