images
images

कुमारी बैंकको नाफा ८१ करोड ४२ लाख रुपैयाँबढीले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

कुमारी बैंकको नाफा ८१ करोड ४२ लाख रुपैयाँबढीले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • कुमारी बैंकको नाफा ८१ करोड ४२ लाख रुपैयाँबढीले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडको नाफा ८१ करोड ४२ लाख ४२ हजार रुपैयाँले बृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा ३०८.५० प्रतिशतले बढेको हो । 

    images
    images
    images
    images

    बैंकले गत बर्ष असोज मसान्तमा २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस बर्ष सोही अवधिमा भने १ अर्ब ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको हो । 

    बैंकको इम्पेरिमेन्ट चार्ज घटेकाले नाफामा टेवा पुगेको देखिन्छ । ३ अर्ब १८ करोड रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज अहिले ६३ करोडमा झरेको छ ।

    खुद ब्याज आम्दानी ७७५ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३ अर्ब ४ करोड रहेको खुद ब्याज आम्दानी अहिले घटेर २ अर्ब ८० करोड रुपैयाँ कायम भएको हो । 

    त्यस्तै, बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक छ । सिडी रेसियो ८६.९१ प्रतिशत रहेकोमा अहिले घटेर ८२.८८ प्रतिशतमा झरेको छ। 

    बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा छ । पहिले यस्तो आम्दानी ४ रुपैयाँ ३ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २२ पैसा छ ।

    बैंकको निष्क्रिय कर्जा ०.०७ प्रतिशतले बढेको छ । गत वर्षको असोज मसान्तसम्म ४.८९ प्रतिशत रहेको खराब कर्जा यो वर्ष सोही अवधिमा बढेर ४.९६ प्रतिशत पगेको हो । 

    बैंकको बेस रेट १०.९१ बाट ७.४८ प्रतिशतमा झरेको छ भने ब्याजदर स्प्रेड ३.८६ प्रतिशत छ । 

    Kumari note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार