images
images

प्रभु बैंकको नाफा पहिलो त्रैमासमा सामान्य बढ्यो, नेटवर्थ प्रतिशेयर कति ?

प्रभु बैंकको नाफा पहिलो त्रैमासमा सामान्य बढ्यो, नेटवर्थ प्रतिशेयर कति ?

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • प्रभु बैंकको नाफा पहिलो त्रैमासमा सामान्य बढ्यो, नेटवर्थ प्रतिशेयर कति ?

    काठमाडौँ / प्रभु बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको नाफा ०.६२ प्रतिशतले बढेको हो ।

    images
    images
    images
    images

    गत आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा सो रकम बृद्धि गरी १ अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको हो । 

    चुक्ता पुँजी २३ अर्ब ५४ करोेड २४ लाख ९० हजार रुपैयाँ रहेको प्रभु बैंकले जगेडा कोषमा १४ अर्ब ८ करोड ३६ लाख ४१ हजार रुपैयाँ सञ्चित गरेको छ ।

    चालू आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकको निक्षेप र कर्जा प्रवाह दुबै घटेको छ । गत बर्ष असोज मसान्तसम्म ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको प्रभु बैंकले यस बर्ष ३ खर्ब ४ अर्ब २३ करोड ८९ लाख रुपैयाँ मात्रै निक्षेप सङ्कलन गरेको छ ।

    त्यस्तै, कर्जा प्रवाह पनि १.१७ प्रतिशतले घटेर २ खर्ब २२ अर्ब ७० करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । जब कि गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले २ खर्ब २५ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

    त्यस्तै, बैंकको खुद ब्याज आम्दानी भने ३.१६ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको असोज मसान्तसम्म बैंकले २ खर्ब ५४ अर्ब ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष सोही अवधिमा २ खर्ब ६२ अर्ब ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 
    त्यस्तै, बैंकको खुद फि कमिशन आम्दानी ९.६४ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ५.९५ प्रतिशतले बढेको छ । 

    असोज मसान्तसम्म बैंकले ३ खर्ब ४७ करोड ३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ भने ६१ करोड ३२ लाख ९५ हजार रुपैयाँ खुद फि कमिशन आम्दानी गरेको छ ।

    यता, बैंकको सञ्चालन मुनाफा भने ८.९२ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । 

    असोज मसान्तसम्म बैंकको सिडी रेसियो ७४.७३ प्रतिशत रहेको छ भने इपिएस १७.७३ प्रतिशत, खराब कर्जा ४.९४ प्रतिशत, आधार दर ७.६५ प्रतिशत र नेटवर्थ प्रतिशेयर १५९ रुपैयाँ ९३ पैसा कायम भएको छ । Prabhu bank note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार