images
images

चौथो दिन पनि स्थिर डलरको भाउ, आज कुन देशको मुद्रालाई कति पर्ला ?

चौथो दिन पनि स्थिर डलरको भाउ, आज कुन देशको मुद्रालाई कति पर्ला ?

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • चौथो दिन पनि स्थिर डलरको भाउ, आज कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार गत शनिबारदेखि अमेरिकी डलर उच्च बिन्दुमा कारोबार हुँदै आएको छ । यो दिन पनि अमेरिकी डलरको खरिदमूल्य १३३ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ७० पैसा नै रहेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको बिक्रीमूल्य १४६ रुपैयाँ ४१ पैसा र खरिदमूल्य १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । आज अष्ट्रेलियन डलर एकको बिक्रीमा ८८ रुपैयाँ २८ पैसा र खरिदमा ८७ रुपैयाँ ८८ पैसा रहेको छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २३ पैसा र बिक्रीमा १० रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ४३३ रुपैयाँ ६१ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ६४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार