images
images

सांग्रिला डेभलपमेन्ट बैंकको बार्षिक साधारण सभा मंसिर २४ गते, के–के छन् प्रस्ताव ?

सांग्रिला डेभलपमेन्ट बैंकको बार्षिक साधारण सभा मंसिर २४ गते, के–के छन् प्रस्ताव ?

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकको बार्षिक साधारण सभा मंसिर २४ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा मंसिर २४ गतेका लागि बोलाएको छ । सभा, लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

    images
    images

    सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    साथै, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

    साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर १० गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार