images
images

घट्यो अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ, अन्य देशको मुद्रालाई कति ?

घट्यो अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ, अन्य देशको मुद्रालाई कति ?

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • घट्यो अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ, अन्य देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज बुधबार युरोपियन युरोदेखि अमेरिकी डलरसम्मको भाउ घटेको छ । गत शनिबारदेखि अमेरिकी डलर उच्च बिन्दुमा कारोबार हुँदै आएकोमा आज सामान्य घटेको हो । यसअघि एक अमेरिकी डलरको खरिदमूल्य १३३ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ७० पैसा रहेकोमा आज घटेर खरिदमूल्य १३३ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ६४ पैसामा झरेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको बिक्रीमूल्य १४६ रुपैयाँ ४१ पैसा र खरिदमूल्य १४५ रुपैयाँ ७६ पैसा तोकिएकोमा घटेर आज खरिदमा १४५ रुपैयाँ ७७ पैसा र बिक्रीमा १४६ रुपैयाँ ४३ पैसा पर्नेछ । 

    एकको बिक्रीमा ८८ रुपैयाँ २८ पैसा र खरिदमा ८७ रुपैयाँ ८८ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज घटेर खरिदमा ८८ रुपैयाँ ६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४६ पैसा तोकिएको छ। 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २७ पैसा र बिक्रीमा १० रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ४३३ रुपैयाँ १२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ २७ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ८६ पैसा पर्नेछ । 

    विस्तृत हेर्नुस् तालिकामा 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार