images
images

आजदेखि घट्यो डिजेल, पेट्रोलको मूल्य, अब प्रतिलिटर कति ?

आजदेखि घट्यो डिजेल, पेट्रोलको मूल्य, अब प्रतिलिटर कति ?

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • आजदेखि घट्यो डिजेल, पेट्रोलको मूल्य, अब प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

    images
    images

    शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

    निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश : एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ ।

    यस्तै, पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ । 

    आइओसीले नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार