images
images

शिवम् शिवमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आइपिओ निष्कासन गर्ने, कस्तो छ कम्पनी ?

शिवम् शिवमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आइपिओ निष्कासन गर्ने, कस्तो छ कम्पनी ?

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    शिवम् शिवमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आइपिओ निष्कासन गर्ने, कस्तो छ कम्पनी ?

    काठमाडौँ / शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रूपैयाँका दरको १ करोड १६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो । 

    images
    images

    सेयर निष्कासनका लागि कम्पनीले थान साधारण शेयरहरू सर्व साधारणहरूका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो । शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।

    उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई सङ्कलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु-याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

    शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको हो । कम्पनीले नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा क्लिङ्कर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरी करिव १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ । 

    साथै, कन्भेयरवेल्टबाट चुनढुङ्गा ढुवानी गर्न सुरुङमार्गसमेत निर्माण गरिरहेको चिनिया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट विनयी त्रिवेणी गाउँपालिका सर्दि, पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत शेयर रहेको उक्त उद्योग विगत ५ वर्ष देखि पूर्ण सञ्चालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ । उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको कम्पनीले जनाएको छ । 

    शिवम् होल्डिङग्सको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड मध्ये संस्थापकहरूतर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्व साधारणतर्फ १ अर्ब १६ करोड शेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

    कम्पनीका संस्थापकहरूमा शिवम् सिमेन्ट्सको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरूको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ ।

    कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने शेयर जारी गरी सर्वसाधारणबाट सङ्कलन हुने प्रिमियम मूल्यसहितको रकम अन्य उपयुक्त परियोजनाहरू जस्तै : हाइड्रोपावर, बैङ्क वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको व्यहोरा सम्बन्धित सारोकारवालाहरूलाई यसै विज्ञप्ती मार्फत जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार