चर्चित समाचार
  • काठमाडौँ वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री महत

    काठमाडौँ वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री महत

    शनिवार, मंसिर १६ २०८०
    शनिवार, मंसिर १६ २०८०
  • काठमाडौँ वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री महत

    नुवाकोट / अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन् । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ ।’

    ‘राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरूले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’ 

    उनले भने, “काठमाडौँमा राणाहरूको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरूले चाकरी गरेवापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पु¥याउन सक्ने ठाउँको जमिन उनीहरू माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।”  

    “काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो” मन्त्री डा. महतले भने, “काठमाडौँको नजिक र शासकको नजरमा परेर हिजो नुवकोटका जनता रैती बनेका थिए ।”  

    मन्त्री डा. महतले भने, अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौँ–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौँ। एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।” 

    “यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइन भन्ने तपाईंहरूलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन,” उनले भने, “त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं ।  उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरूले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।”

    अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौँ–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । “चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौँ । त्यसपछि चीन सरकारले थप विकल्पहरू दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रकृया अगाडि बढ्छ ।”

    “वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौँ। एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु” उनले भने, “सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौँमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौँमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।” 

    मन्त्री डा. महतले भने, “यस केन्द्रमा स्थापना गरिएको स्वास्थ्य चौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिए । अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्नेतिर लाग्नुपर्छ ।” 

    उनले भने, “सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यही उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधनस्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार