images
images

नेपाल वेयर हाउजिङको आइपिओ बाँडफाँट, पौने ११ लाख बढी आवेदकको हात खाली, यसरी हेर्नुहोस् नतिजा

नेपाल वेयर हाउजिङको आइपिओ बाँडफाँट, पौने ११ लाख बढी आवेदकको हात खाली, यसरी हेर्नुहोस् नतिजा

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • images
    images
    नेपाल वेयर हाउजिङको आइपिओ बाँडफाँट, पौने ११ लाख बढी आवेदकको हात खाली, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौँ / नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। 

    images
    images

    उक्त आइपिओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो। 

    कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो। कम्पनीले एक सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपिओ निष्कासन गरेको हो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार