images
images

चलचित्र भवनमा चौथो सातामा ‘दिमाग खराब’, यस्तो भन्छन् निर्देशक बस्नेत

चलचित्र भवनमा चौथो सातामा ‘दिमाग खराब’, यस्तो भन्छन् निर्देशक बस्नेत

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • चलचित्र भवनमा चौथो सातामा ‘दिमाग खराब’, यस्तो भन्छन् निर्देशक बस्नेत
    नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र  ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेत निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ । 
     
    गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले दिए । 
     
    “चलचित्रलाई दर्शकले नै सिफारिस गरेपछि चलचित्र सफल भएको हो । यसको घरेलु व्यापारसँगै विदेश भइरहेको प्रदर्शनले हामी खुसी छौँ”, निर्माता कँडेलले भने । 
     
    निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई चलचित्रमा देखाउने कोशिस गरेको जानकारी दिए । 
     
    “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भने, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । 
     
    यसपटक पनि त्यहीँ प्रयास गरेँ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ ।”
     
    उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय  गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार