काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार आज साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाली बजारमा अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको हो। यस्तै, तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँली तोलामा १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।