images
images

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले सस्तिएको हो । 

    images
    images

    अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । 

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै सस्तिँदै १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार