images
images

उपत्यकाको घरको धारा–धारामा मेलम्चीको पानी नझरेसम्म आन्दोलन चर्काउने संघर्ष समितिको चेतावनी

उपत्यकाको घरको धारा–धारामा मेलम्चीको पानी नझरेसम्म आन्दोलन चर्काउने संघर्ष समितिको चेतावनी

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • उपत्यकाको घरको धारा–धारामा मेलम्चीको पानी नझरेसम्म आन्दोलन चर्काउने संघर्ष समितिको चेतावनी

    काठमाडौँ / काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरूको माग तत्काल पूरा नभए आन्दोलन सशक्त बनाउने चेतावनी दिएको हो । 

    images
    images

    संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले संघर्ष समितिको सकारात्मक भूमिकालाई कमजोरीको रूपमा नलिन आग्रह गरे । उनले स्थानीय जनताको कुनै अवरोध नहुँदा नहुँदै पनि त्यसैलाई वाहना बनाइएको बताए । 

    विभागीय मन्त्री महिन्द्रा राय यादवले मुहानमा पुगेर सात दिनमै पानी आउँछ भनी संघर्ष समिति समक्ष प्रतिवद्धता जनाएको तीन हप्ता वित्दा पनि पानी नआएको उनको भनाइ छ ।

    साथै, हिजो मेलम्ची खानेपानीको सन्दर्भमा सरकारी निकायबाट जारी भएको विज्ञप्तिमा विश्वास गर्न सकिने आधार नरहेको उनले बताए । संघर्ष समितिले गत पुस २ गते गरेको विशाल जनप्रदर्शनबाट तर्सिएर हिजो सरकारले विज्ञप्ति जारी गरेको उनको दाबी छ । वर्तमान अवस्थामा पानी छाड्न २८ दिन लाग्ने परिस्थिति नरहेको उनले बताए । संघर्ष समितिको आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले आउने विज्ञप्ति आफूहरूलाई स्वीकार्य नहुने उनले बताए । 

    उनले संघर्ष समितिका माग पूर्ण रूपमा पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए । अहिले बनेको उपत्यका संघर्ष समिति मेलम्चीको लागिमात्रै नभएर आगामी दिनमा आउने खानेपानी समस्या समाधान गर्नका लागि आफूहरू लागिरहेने उनको भनाइ छ । 

    संघर्ष समितिकी सदस्य सीता कँडेल पराजुलीले मेलम्ची खानेपानी तुरून्त सुचारू गरिनुपर्ने बताईन् । आफूहरू मेलम्ची खानेपानीको निरन्तरताको लागि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । राज्यले पूरा गर्नुपर्ने खानेपानीको दायित्वमा पनि आफूहरूले आन्दोलन गर्नुपरेको भन्दै उनले दुःख व्यक्त गरिन् । उपत्यकामा खानेपानीको स्थायित्वका लागि आफूहरू निरन्तर रूपमा लागिरहने उनको भनाइ छ । 

    संघर्ष समितिका सदस्य हरि गौतमले खानेपानीका लागि जनता समिति बनाएर सडकमा आउँदा पनि सरकारले एकलौटी निर्णय गरेर विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाए । ‘रित्तो गाग्री बोकेर पानी देउ भनेर जनता सडकमा आइरहेका छन्, यो मागलाई सम्बोधन नगरी, संघर्ष समितिलाई नबोलाई एकलौटी निर्णय गर्न पाइन्छ ?’ उनले प्रश्न गरे । 

    संघर्ष समितिका सदस्य ललित महर्जनले विश्व डिजिटल युवमा प्रवेश गरिसकेको अवस्थामा आफूहरू खानेपानीजस्तो अत्यावश्यक चिजका लागि प्रदर्शन गर्नु परेको भन्दै दुःख ब्यक्त गरे । आगामी शुक्रबारसम्म पनि सरकारले मेलम्ची खानेपानी खोल्ने ब्यवस्था सरकारले नमिलाएको खण्डमा आन्दोलनलाई थप सशक्त बनाउने उनको चेतावनी छ । सरकारले आफूहरूको माग नसुनेमा ललितपुर ठप्प पार्ने गरी आन्दोलन गर्ने उनले बताए । उनले उपत्यकाबासीहरूको घरको धारा–धारामा  पानी नझरेसम्म आन्दोलन जारी रहने बताए । सरकारले आफूहरूको मागप्रति अनदेख गरे उपत्यका नै ठप्प पार्ने उनको चेतावनी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार