images
images

पाँच महिनामा २० अर्ब बढी विदेशी लगानी प्रतिबद्धता, लगानीका लागि आउने रकम कति ?

पाँच महिनामा २० अर्ब बढी विदेशी लगानी प्रतिबद्धता, लगानीका लागि आउने रकम कति ?

प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता र भित्रिएको रकम हेर्दा प्रतिबद्धता आउने रकम मात्रै बढ्दो भए पनि भित्रिने रकम घट्दो क्रममा देखिएको छ ।

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    पाँच महिनामा २० अर्ब बढी विदेशी लगानी प्रतिबद्धता, लगानीका लागि आउने रकम कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिनामा साढे २० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १९९ वटा उद्योग स्थापनाका लागि साढे २० अर्ब ६१ करोड ५ लाख ७८ हजार रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

    images
    images

    तथ्याङ्क अनुसार २०७९ को ५ महिनामा १२ अर्ब ४० करोड रूपैयाँ यस्तो लगानीको लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा लगानी प्रतिबद्धतामा ६६ प्रतिशतले बढेको देखिएको छ । 

    यता, वैदेशिक लगानी प्रतिबद्धतामा मात्रै नभई वैदेशिक लगानीको उद्योग दर्ताको संख्यामा पनि सुधार देखिएको छ । गत वर्ष साउनदेखि मंसिरसम्मको अवधिमा १२८ वटा उद्योग दर्ता भएको थिए । चालु वर्षमा भने १९९ वटा उद्योग दर्ता भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

    यसमध्ये मंसिरमा २१ वटा उद्योगका लागि २ अर्ब २५ करोड ६२ लाख ७५ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसअघि कात्तिकमा २७ वटा उद्योगका लागि १ अर्ब ७५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । 

    यस्तै, असोजमा ४० वटा उद्योगका लागि १ अर्ब ९८ करोड रुपैयाँ, भदौमा ५१ वटा उद्योगका लागि २ अर्ब ६९ करोड २४ लाख रुपैयाँ र साउनमा ६० उद्योगका लागि ११ अर्ब ९३ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।

    तथ्याङ्कले चालू आर्थिक वर्षको साउनमा करिब १२ अर्ब रुपैयाँको प्रतिबद्धता आएको देखाउँछ । तर, त्यस यताका चार महिनामा भने क्रमशः २ अर्ब ६९ करोड, १ अर्ब ९८ करोड, १ अर्ब ७५ करोड र २ अर्ब २५ करोड रुपैयाँ मात्रै प्रतिबद्धता आएको देखिन्छ । 

    विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । त्यस अवधिमा ३२७ वटा उद्योग स्थापनाको प्रस्ताव आएको थियो । 

    पर्यटन क्षेत्रमा आकर्षण बढ्दो 

    चालु आवको मंसिरसम्मको तथ्याङ्क हेर्दा पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढी रहेको पाइएको छ । पाँच महिनाको अवधिमा २० अर्ब ६० करोड लगानी प्रतिबद्धतामध्ये नौ अर्ब ५५ करोड पर्यटन उद्योगमा यस्तो प्रतिबद्धता आएको हो । 

    कोरोना माहामारीपछि सुस्ताएको पर्यटन क्षेत्रले गति लिएसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ । पछिल्लो समय नेपालमा आन्तरिक र बाह्य पर्यटकहरूसँगै विदेशी लगानी प्रतिबद्धता बढ्नुलाई सकारात्मक रूपमा लिइएको छ । यसले नेपालको अर्थतन्त्रलाई चलायमात्र बनाउनसमेत सहयोग गर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । 

    त्यस्तै, सेवा क्षेत्रमा सात अर्ब ४४ करोडको लगानी प्रतिबद्धता आएको छ भने उत्पादनमूलक उद्योगको क्षेत्रमा एक अर्ब ९१ करोडको लगानी प्रतिबद्धता छ । अन्य लगानी प्रतिबद्धता एक अर्ब ७१ करोड देखिएको छ । 

    त्यस्तै, धेरै लगानीकर्ताहरू साना उद्योग लगानी गर्न आकर्षण देखिएको छ । १९९ वटा लगानी स्वीकृतिमध्ये १८९ वटा स्वीकृत सानो उद्योग सञ्चालनको लागि छन् । मध्यमस्तरको उद्योगको लागि सात र ठूलो उद्योगको लागि तीन वटा स्वीकृति उद्योग विभागले दिएको छ । 

    पाँच महिनामा १ हजार २ सय जना लगानीकर्ताले उक्त उद्योगमा लगानी प्रतिबद्धता जनाएका हुन् । प्रतिबद्धता जनाएका लगानीकर्ताले १ सय १४ जना प्रतिनिधि र ३ सय ६० जनाका लागि डिपेन्डेन्ड भिसाको लागि सिफारिस गरेका छन् ।

    प्रतिबद्धताभन्दा कम भित्रिन्छ लगानी ! 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको चार महिना (साउनदेखि कात्तिकसम्म)मा २२ अर्ब ८ करोड १५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । तर, राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  खुद भित्रिएको प्रत्यक्ष विदेशी लगानी भने ३ अर्ब ६४ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ । यसले नेपालमा विदेशी लगानी प्रतिबद्धता र भित्रिने रकममा ठूलो अन्तर रहेको देखाउँछ ।

    यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता हुँदा ५ अर्ब ९६ करोड १३ लाख मात्रै भित्रिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि ५४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ प्रतिबद्धता हुँदा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ रकम भित्रिएको थियो । 

    पछिल्लो समय प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता र भित्रिएको रकम हेर्दा प्रतिबद्धता आउने रकम मात्रै बढ्दो भए पनि भित्रिने रकम घट्दो क्रममा देखिएको छ ।

    आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ  । ०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनमा जनाइएको छ । 

    प्रतिवेदनको अनुसार नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड रुपैयाँ, चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्यान्डबाट २० अर्ब ९० करोड रुपैयाँ, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी छ । 

    नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७।३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ  । यता, औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५।६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा छ । 

    नेपालबाट बाहिरिने रोयल्टी र लाभांश कति ?

    ५ महिनाको अवधिमा साढे २० अर्बको लगानी प्रतिबद्धता आउँदा लगानीकर्ताहरूले नाफासहित साढे ४ अर्ब रुपैयाँभन्दा बढी रकम लैजान अनुमति मागेका छन् । सञ्चालनमा रहेका उद्योगहरूबाट विदेशी लगानीकर्ताहरूले रिपाट्रिएसनवापत रोयल्टी र लाभांशसहित ४ अर्ब ७७ करोड ३२ लाख ४६ हजार रुपैयाँ लैजान अनुमति मागेका हुन् ।

    विभिन्न देशका लगानीकर्ताले रोयल्टीवापत १ अर्ब २ करोड ६५ लाख रुपैयाँ र लाभांशवापत ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ विदेश लैजाने प्रस्ताव विभागमा पेस गरेको विभागले जनाएको छ । जसमा ६ लाख ९२ हजार अमेरिकी डलर र १३ करोड ८६ लाख भारतीय रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार