images
images

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • images
    images
    प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने भएका हुन् । 

    images
    images

    सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने भएका हुन् । उनी प्रधानमन्त्री नियुक्त भएको भोलि मंगलबार एक वर्ष पूरा हुँदैछ। 

    प्रधानमन्त्री प्रचण्डले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । 

    प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार