images
images

हिमालयन रिइन्स्योरेन्सको आइपिओ बाँडफाँट : ३० कित्ता बढी माग गर्नेले कति पाए ?

हिमालयन रिइन्स्योरेन्सको आइपिओ बाँडफाँट : ३० कित्ता बढी माग गर्नेले कति पाए ?

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    हिमालयन रिइन्स्योरेन्सको आइपिओ बाँडफाँट : ३० कित्ता बढी माग गर्नेले कति पाए ?

    काठमाडौँ / हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान सर्वसाधरणका लागि जारी गरेको आइपिओ बाँडफाँट सम्पन्न गरेको हो । 

    images
    images

    १५ लाख ६४ हजार ५६४ जना योग्य आवेदकहरूमा कम्पनीले १० कित्तादेखि ३० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै आइपिओ बाडिएको बिक्री प्रबन्धकले जनाएको छ । 

    ३० कित्ताभन्दा बढी आइपिओ माग गर्नेमध्ये २९ हजार २१ जना भाग्यमानी आवेदकहरूले थप १० कित्ताका दरले आइपिओ पाएका छन् । यस हिसाबमा २९ हजार २१ जनाले ४० कित्ता आइपिओ हात पारेका हुन ।

    कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ यसअघि नै बिक्री गरिसकेको छ।

    कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए । 

    कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट कम जोखिम रहेको संकेत केयरएनपी आईआर ए माइनस रेटिङ पाएको  थियो। 


    अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ७ अर्ब रूपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी १० अर्ब रुपैयाँ कायम भएको छ । 

    हाल संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर बिक्री गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार