images
images

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यू इयर डिलाइट २०२४’ योजना : पाँच लाख छुटका साथै अन्य आकर्षक सुविधा

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यू इयर डिलाइट २०२४’ योजना : पाँच लाख छुटका साथै अन्य आकर्षक सुविधा

सोमवार, पुस १६ २०८०
सोमवार, पुस १६ २०८०
  • लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यू इयर डिलाइट २०२४’ योजना : पाँच लाख छुटका साथै अन्य आकर्षक सुविधा

    काठमाडौँ / हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यू इयर डिलाइट २०२४’ योजना ग्राहकहरूमाझ ल्याएको छ । यो ग्राहकमुखी योजना पुस १६ गतेदेखि नेपालभरीका सबै सोरुमहरूमा सुरु भएको छ । 

    images
    images

    यस योजना अन्तर्गत, ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो–ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा ५ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

    यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई आइसिई  गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभि गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्।

    यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभि, एयुभि तथा इभि  गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

    लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू र ४३ं चारजिङ पोइन्टहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । सो कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । 

    लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार