images
images

चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी र खाद्यतत्त्व कम देखियो

चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी र खाद्यतत्त्व कम देखियो

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी र खाद्यतत्त्व कम देखियो

    चितवन / पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्त्व कम भएको पाइएको छ । 

    जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।  

    गत मङ्सिर २७ गतेदेखि तीन दिन लगाएर यस क्षेत्रका एक हजार ५० ठाउँको माटोको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । 

    परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार माटोको नमूना परीक्षणका क्रममा माटोमा नाइट्रोजन, फसफोरस र पोटासको कमी भएको पाइएको छ भने अधिकांशमा अम्लियपना भएको पाइएको छ । उनले भने, “खाद्य तत्त्व कमी भएको माटोमा रासायनिक मलको मात्रा घटाउन सिफारिस गरिएको छ । 

    अम्लियपनाको आधारमा चुन र प्राङ्गारिक पदार्थको कमी भएको आधारमा प्राङ्गारिक मलको मात्रा बढाउन सिफारिस गरिएको छ ।” उनका अनुसार जोनअन्तर्गत आठ हजार पाँच सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यहाँ उत्पादन र उत्पादकत्वमा वृद्धि नभए पछि माटो परीक्षण गरिएको हो । 

    गत वर्ष सो क्षेत्रफलमा ३९ हजार आठ सय ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर ५ दशमलब २ मेट्रिकटन उत्पादकत्व हो । यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन भएपछि माटो परीक्षण गरिएको उनले बताए । 

    उनले भने, “धान उत्पादनमा १० प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारणको खोजीका लागि माटो परीक्षण गरेर सोहीअनुसार सिफारिस गरेका छौँ ।”

    जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित व्लाइट, कालोपोके, गवारो जस्ता समस्या देखापरेको थियो । जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । 

    अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उनको भनाइ छ । उनले भने, “धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व ३ दशमलब ६ मेट्रिकटनप्रति हेक्टर रहेको थियो ।” 

    धान जोनका रूपमा पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार