images
images

कृषि उत्पादनको बजारीकरणमा सरकारले सहयोग पुर्याउँदछ : कृषिमन्त्री भुसाल

कृषि उत्पादनको बजारीकरणमा सरकारले सहयोग पुर्याउँदछ : कृषिमन्त्री भुसाल

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • कृषि उत्पादनको बजारीकरणमा सरकारले सहयोग पुर्याउँदछ : कृषिमन्त्री भुसाल

    चितवन / मुग्लिन कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गरेका छन् । 

    images
    images

    चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको  प्रथम सुन्तला महोत्सवको सोमबार शुभारम्भ गर्दै उनले उत्पादित बस्तुको बजारीकरणका लागि  सरकारले सहयोग गर्ने जानकारी दिए ।

    मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवर्द्धनको नीति लिएको  बताए । 

    उनले भने, “सरकारले स्थानीय स्तरमै कृषि बजार प्रवर्द्धनको नीति लिएको छ । स्थानीय तहले चाहेको अवस्थामा सङ्घीय सरकारले सहयोग गर्छ, स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ, यदि स्थानीय बजारले मात्र पुग्दैन राष्ट्रिय स्तरमा पु¥याउनुपर्छ त्यस्ता धेरै उत्पादनहरू छन् भने त्यसका निम्ति सरकारले सहजीकरण गर्छ, राष्ट्रिय बजारमा पनि बिक्री हुन सकेन भने त्यसका निम्ति वैदेशिक बजार खोज्ने नीति पनि सरकारले लिएको छ ।”

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई सुन्तलाखेतीमा हौसला प्रदान गर्न तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले सुन्तला महोत्सव आयोजना गरिएको बताए । 

    उनले भने, “यहाँका सुन्तला निकै स्वादिष्ट छ,  देशका विभिन्न बजारमा पुग्छ तर  इच्छाकामनाको सुन्तला  भनेर उपभोक्तालाई थाहा हुँदैन, यस महोत्सवले  इच्छाकामनाको सुन्तला भनेर  चिनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

    महोत्सवका अवसरमा पहिलो दिन किसान, जनप्रतिनिधि र कृषि विशेषज्ञबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको  थियो । सुन्तला महोत्सव  यही पुस १८ गतेसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार