images
images

अन्धकारमुक्ति सहकारीको समारोहमा पुगेका अर्थमन्त्रीको दावी : मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ

अन्धकारमुक्ति सहकारीको समारोहमा पुगेका अर्थमन्त्रीको दावी : मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • images
    images
    अन्धकारमुक्ति सहकारीको समारोहमा पुगेका अर्थमन्त्रीको दावी : मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ
    रामपुर (पाल्पा) / अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन् । 
     
    पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए ।
     
           अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने बताए । 
     
    देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उनको भनाइ छ । 
     
    नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको  पर्यटन क्षेत्रको प्रवरद्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उनले बताए ।
     
    लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताए । 
     
    रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पुर्याएको बताए । 
     
           लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमूलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । 
     
    विसं २०५५ मा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको यो सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार