चर्चित समाचार
  • जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ...!, पढौं महापुरुष महात्मा गान्धीका २० प्रेरक प्रसङ्ग

    जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ...!, पढौं महापुरुष महात्मा गान्धीका २० प्रेरक प्रसङ्ग

    बिहिवार, माघ ४ २०८०
    बिहिवार, माघ ४ २०८०
  • जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ...!, पढौं महापुरुष महात्मा गान्धीका २० प्रेरक प्रसङ्ग

    काठमाडौं /  विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिनक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने । उनी हुनमोहनदास करमचन्द गान्धी ।

    २ अक्टोबर १८६९ –३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। 

    उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको योगदान कसैले विर्सन सक्दैनन् । 

    अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ। 


    उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिन्छ ।  विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले महात्मा गान्धी नामले चिनाएका थिए । आज पनि यहि नामबाट उनलाई चिनिन्छ । 

    जसको संस्कृत भाषामा महात्मा अथवा महान आत्माु एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ ठाकुरले महात्मा भनि सम्वोधित गरेका थिए। 

     २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमा मनाइन्छ । 

    दोस्रो विश्वयुद्धको चपेटाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने उनले प्रमाणित गरे । उनी सफल रहे । उनको जन्म २ अक्टोवर सन् १८६९ मा भएको थियो भने उनको मृत्यु ३० जनवरी सन् १९४८ मा भएको थियो ।
     
    यस्ता छन् उनका जीवनमा प्रेरक भनाइहरु

    १. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ।

    २. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।

    ३. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा दिनु ठूलो मान्छेको गुण हो ।

    ४. पुस्तक र मोतीमा यति मात्र फरक छ । मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ।

    ५. पहिले तिनीहरुले तिम्रो बेवास्ता गर्नेछन् । तिमी माथि हाँस्छन् । तर अन्तिममा तिमीले राज गर्छौ ।

    ६. तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ । तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ ।

    ७. मानिस आफ्नै सोचाइको उत्पादन हो ।

    ८. व्यक्ति त्यहि बन्छ जे उसले सोचेको हुन्छ ।

    ९. संसारलाई परिवर्तित भएको देख्न चाहानेले पहिला आफू परितर्न हुन सिक ।

    १०. मेरो अनुमति बिना मलाई कसैले पनि पीडा दिन सक्दैन ।

    ११. खुसी तब मात्र मिल्छ जब तिमीले सोच्ने,भन्ने र गर्ने कुराहरुबीच मेल खान्छ ।

    १२. यदि तिमी विश्वमा शान्ती चाहन्छौ भने आफ्नैै बच्चाहरुबाट शुरुवात गर ।

    १३. अरुको सेवामा आफूलाई समर्पित गर्नु नै आफूलाई चिन्नु हो ।

    १४. यदि तिमी अल्पमतमा छौ भने पनि सत्य भनेको सत्य हो ।

    १५. महानता पाएपश्चात् होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ ।

    १६.  तिमीले आज गरेको काममा नै तिम्रो भविष्य अडिएको हुन्छ ।

    १७. तैले मेरो आँखा फोडिस्, म तेरो फोड्छु भन्ने हो भने संसार अन्धो हुन्छ ।

    १८. यदि सफल जीवन जिउँनुछ भने सफलताको भावनालाई त्याग्नुपर्छ ।

    १९. जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ ।

    २०. आवाजलाई नबढाउ बरु आफ्नो तर्कलाई सुधार ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार