images
Logo
images
images
images

६ महिनाको वैदेशिक व्यापार : व्यापार घाटा करिब ७ खर्ब पुग्यो, आयात– निर्यात व्यापारको अवस्था कस्तो ?

६ महिनाको वैदेशिक व्यापार : व्यापार घाटा करिब ७ खर्ब पुग्यो, आयात– निर्यात व्यापारको अवस्था कस्तो ?

६ महिनामा मुलुकले ७ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने नेपालबाट ७४ अर्ब ९६ करोड बराबरको वस्तु निर्यात भएको छ ।

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    ६ महिनाको वैदेशिक व्यापार : व्यापार घाटा करिब ७ खर्ब पुग्यो, आयात– निर्यात व्यापारको अवस्था कस्तो ?

    काठमाडौँ / मुलुकको व्यापार घाटा करिब ७ खर्ब रहेको देखिएको छ।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा तथ्याङ्कले अनुसार पुस मसान्तसम्म नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ बराबर रहेको छ । यो गत आर्थिक बर्षको तुलनामा २.६२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

    यस्तै, ६ महिनासम्ममा मुलुकले ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनासम्म कूल आयात ३.०९ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

    भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको विवरणअनुसार ६ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.२३ प्रतिशतले घटेको छ । तथ्याङ्क अनुसार सो अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ६ महिनाको अवधिमा ८० अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

    यस्तै, ६ महिनाको अवधीमा नेपालको वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

    यस्तो छ वैदेशिक व्यापारको अवस्था 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार