काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘छैटौँ नेपाल एग्रीटेक’ एक्स्पोको आज आइतबारसम्म चल्नेछ ।
मिडिया स्पेस सोलसुन प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिभिसन एण्ड ट्रेड सर्भिस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त एक्स्पो शुक्रबारदेखि सुरु भएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू जस्तैः कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, बिषादीरहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
हेर्नुस् तस्बिरमा