images
images

मौसम पर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, तराइमा बाक्लो हुस्सु लाग्ने !

मौसम पर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, तराइमा बाक्लो हुस्सु लाग्ने !

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    मौसम पर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, तराइमा बाक्लो हुस्सु लाग्ने !

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार माघ १५ गते नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    images
    images


    हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु कुहिरो  लागेको छ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन भनेको छ । 

    माघ १५ गते (सोमबार)

    दिउँसोः देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू –भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।


    रातीः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    माघ १६ गते (मंगलबार)

    दिउँसोः कर्णालि र सुदुरपश्चिम प्रदेश लगाएत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    रातीः कर्णालि र सुदुरपश्चिम प्रदेश लगाएत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    माघ १७ गते (बुधबार)

    दिउँसोः कर्णाली र सुदुरपश्चिम प्रदेश लगाएत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का बर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    रातीस्कर्णालि,सुदुरपश्चिम,लुम्बिनि र गण्डकि प्रदेश लगाएत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। 

    कर्णाली, सुदुरपश्चिम,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना रहेको छ। कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका  एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार