images
images

हरेक मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ....!, पढौं ओशोका १० सेक्रेट वाणी

हरेक मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ....!, पढौं ओशोका १० सेक्रेट वाणी

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • हरेक मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ....!, पढौं ओशोका १० सेक्रेट वाणी

    चन्द्र मोहन जैन (११ डिसेम्बर १९३१– १९ जनवरी १९९०), आचार्य रजनीश को नामबाट पनि परिचित व्यक्तित्व हुन्। 

    images
    images

    त्यस पश्चात् १९६० देखि ७०, ८० को दशकसम्म भगवान श्री रजनीश, र १९८९ देखि ओशोको नामले प्रख्यात छन्। ओशो एक भारतीय रहस्यवादी, गुरु र आध्यात्मिक गुरु हुन्। उनका अन्तर्राष्ट्रिय अनुयायी वर्ग उनको मृत्यु पछि पनि जारी छ।

    दर्शनशास्त्रको प्राध्यापक, सन् १९६० को दशकमा उनले सार्वजनिक वक्ताको रूपमा पूरा भारतको यात्रा गरे। 

    उनले राजनीतिज्ञहरू र राजनीतिक विचार, महात्मा गान्धी र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले उनलाई विवादित पनि बने । 

    जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बने। रजनीशले प्रचलित धर्महरूको व्याख्या गरे तथा प्रेम, ध्यान अनि खुशीहरूलाई जीवनका प्रमुख मूल्य माने।

    ओशो नास्तिक बने अनि सम्मोहनतर्फ पनि रूचि राख्न थाले भने सामाजवादी संस्थाहरू सँग संबन्ध पनि राख्न थाले । भारतीय राष्ट्रिय आर्मी तथा राष्ट्रिय स्वयमसेवक सङ्घ
    तर ति संस्थाहरूमा ओशोको सदश्यता निकै छोटो हुन पुग्यो किनकी उनी कुनै पनि बाहीरी दर्शन, आदर्शबाट प्रभावित हुन सकेनन्।

    धार्मिक व्यक्तिहरूको पुरानो धारणा यो छकि धर्म जीवन विरोधी हो। उनीहरु यस जीवनको निंदा र आलोचना गर्दछन ।
    उनले आफ्नो जीवनकालमा १ लाख ५० हजार किताब पढेको पनि भन्ने गरिन्छ ।  उनको मृत्यु सन् १९९० जनवरी १९ मा भयो ।

    हामीले  तिनै दार्शनिक तथा आध्यात्मिक गुरु ओशोका केही भनाइहरु यहाँ उल्लेख गरेका छौं, जुन तपाईंको जीवन परिवर्तनका लागि ‘प्रेरक वाणी’ बन्न सक्छन् ।

    १. सामान्यभन्दा सामान्य कुराहरुमा जिउने बानी भनेकै तपाईंका लागि सबैभन्दा ठूलो सम्पत्ति हो ।

    २. तपाईंको आत्माको सबैभन्दा ठूलो रोग भनेकै गम्भीरता हो र निरोग चाहिँ चञ्चलता हो ।

    ३. तपाईं यो बुझ्नुस् कि प्रेम भनेको एउटा पंक्षी हो । यसलाई स्वतन्त्र उड्न दिनुपर्छ, जसलाई फैलिनको लागि पूरा आकाशको आवश्यकता पर्दछ ।

    ४. यो कुरा याद राख्नुहोस् कि तपाईं जे सोच्नुहुन्छ त्यही नै बन्नुहुन्छ ।

    ५. कुनैपनि स्त्रीलाई अरु केही सँग तुलना नगर्नुहोस्, किनकि उनी इश्वरले बनाएको विश्वको सुन्दर र उत्कृष्ट कृति हुन् ।

    ६. तपाईं यो कुरा पनि विचार गर्नुस् कि हरेक मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ ।

    ७. तपाईंलाई कसैसँग पनि कुनै किसिमको प्रतिस्पर्धाको आवश्यकता पर्दैन, तर तपाईं स्वयममा जिउन सिक्नुपर्छ । त्यो नै तपाईंको सहि निर्णय हुनेछ ।

    ८. मूर्ख मान्छे सधैं अरुप्रति लक्षित भएर हाँस्छ, तर बुद्धिमान मान्छे स्वयं आफैमा हाँस्छ ।

    ९. यो कुरा ध्यान दिनुहोस् की तपाईंलाई सत्यसँग परिचित हुनु छ भने कुनै कुरा गर्दा हो र होइन भन्नेमा निर्धक्क विचार राख्नुहोस् ।


    १०. सधैं एउटा कुरमामा विचार गर्नुहोस् कि तपाईंको जिन्दगी तपाईंका लागि कुनैपनि हालतमा समस्या हुँदै होइन यो त एउटा सुन्दर उपहार हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार