images
images

आज यी प्रदेशहरूमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

आज यी प्रदेशहरूमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • आज यी प्रदेशहरूमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु  लागेको छ।

    images
    images

    आज बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनेछ । 

    सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

    भोलि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा  आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहनेछ ।

    बर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार