images
images

मुलुकको पश्चिमी भूभागमा बर्षा र हिमपात, हेर्नुस् तस्बिरमा

मुलुकको पश्चिमी भूभागमा बर्षा र हिमपात, हेर्नुस् तस्बिरमा

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • images
    images
    मुलुकको पश्चिमी भूभागमा बर्षा र हिमपात, हेर्नुस् तस्बिरमा

    पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो ।

    images
    images

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    himpat.jpg

    त्यस्तै, जुम्ला, रुकुमलगायतका जिल्लाहरूमा आज बिहानैदेखि हिमपात भएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको समाचारमा उल्लेख छ ।

    तस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार