images
images

दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्सले उल्लेखनिय प्रगति गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ महिनामा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १२.९० प्रतिशतले वृद्धि भएको हो ।

    यस्तै, पुष मसान्तसम्ममा कम्पनीले २० अर्ब  रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ७.३७ प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीले समीक्षा अवधिमा ३ अर्व १६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो । 

    यस अवधीमा कम्पनीले १६ अर्ब ८३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका थियो । 

    यता, कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६८२.०५ करोड खुद दावी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८,६१०.२१ करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ । 

    गत आर्थिक वर्षको अन्त्य सम्ममा करिव १५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिव १८३ अर्व ६५ करोड रुपैयाँ पुगेको छ । 

    कम्पनीको महाविपत्ती कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ । ८ अर्व २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ । 

    यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।

    समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावकोबीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । 

    आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अवलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तता प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । 

    साथै यस प्रगतिमा अहोरात्र साथ दिनुहुने समस्त सरोकारवालाहरुलाई प्रमुख कार्यकारी अधिकृत पराजुलीले धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार