images
images

लघुवित्तका शाखा प्रबन्धक कुटिएपछि नेपाल लघुवित्त बैंकर्स संघको ध्यानाकर्षण, सुरक्षाको माग

लघुवित्तका शाखा प्रबन्धक कुटिएपछि नेपाल लघुवित्त बैंकर्स संघको ध्यानाकर्षण, सुरक्षाको माग

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • लघुवित्तका शाखा प्रबन्धक कुटिएपछि नेपाल लघुवित्त बैंकर्स संघको ध्यानाकर्षण, सुरक्षाको माग

    काठमाडौं / सुर्खेतमा गत बुधबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक कुटिएको घटनाप्रति नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images
    images

    संघले सरकारसँग अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुर्‍याइदिन समेत आग्रह गरेको छ ।

    संघका अध्यक्ष रामबहादुर यादवले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै ऐन–कानून बमोजिम स्थापित संस्थाहरूले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुग्ने हुनाले यस्ता अनाधिकृत गतिविधिहरू तत्काल रोक्न सम्वद्ध पक्षलाई अनुरोध गरेका हुन्‌ ।

    गत बुधबार (कात्तिक २४ गते) सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मेहैलकुना, सुर्खेतमा कार्यरत शाखा प्रबन्धक दीपेन्द्र कट्टेललाई उनकै कार्यकक्षमा कान्तिकारी युवा संगठन नेपालले जनकारबाही भन्दै कालोमोसो दलेको थियो ।

    यस्तो छ संघले जारी गरेको विज्ञप्ति 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार