images
images

गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात हुने, अन्य अधिकांश क्षेत्रमा सफा

गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात हुने, अन्य अधिकांश क्षेत्रमा सफा

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात हुने, अन्य अधिकांश क्षेत्रमा सफा

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको जनाएको छ।

    images
    images

    देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले भनेको छ।

    त्यस्तैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन भनेको छ । 


    माघ २९ गते (सोमबार)

    दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । 
    कोशी  प्रदेश  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     फागुन ०१ गते (मंगलबार)

    दिउँसोः देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती स् देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

     फागुन ०२ गते (बुधबार)

    दिउँसोः देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको  पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार