images
images

अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी

अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । 

    images
    images
    images
    images

    आज अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०र८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् ।

    ‘कठिन परिस्थितिमा अर्थमन्त्रीको जिम्मेवारी लिएको थिए, आर्थिक सुधारको विषय तत्कालै परिणाम निस्कने विषय होइन, अहिले सबै सूचकहरू सकारात्मक उन्मुख छ, आर्थिक गतिविधि आउने दिनमा बढ्छन्,’ अर्थमन्त्री महतले भने।

    अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार