images
images

परराष्ट्र मन्त्रालयले गर्यो बजेटको ८० प्रतिशत खर्च, ८ मन्त्रालयको २० प्रतिशतभन्दा कम, अन्य कुनको कति ? (सूचीसहित)

परराष्ट्र मन्त्रालयले गर्यो बजेटको ८० प्रतिशत खर्च, ८ मन्त्रालयको २० प्रतिशतभन्दा कम, अन्य कुनको कति ? (सूचीसहित)

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • परराष्ट्र मन्त्रालयले गर्यो बजेटको ८० प्रतिशत खर्च, ८ मन्त्रालयको २० प्रतिशतभन्दा कम, अन्य कुनको कति ? (सूचीसहित)

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिना अवधीमा सबैभन्दा धेरै बजेट खर्च गर्नेमा परराष्ट्र मन्त्रालय परेको छ । 

    images
    images
    images
    images

    आज सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक भएको प्रतिवेदन अनुसार परराष्ट्र मन्त्रालयले बजेटको ८० प्रतिशत खर्च गरेको छ । यो वर्षका लागि परराष्ट्र मन्त्रालयले ७ अर्ब ११ करोड २० लाख रुपैयाँ बजेट पाएको थियो । जसमध्ये ५ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयले नै गर्यो सबैभन्दा कम बजेट खर्च 

    सार्वजनिक  प्रतिवेदन अनुसार स्वयम् अर्थ मन्त्रालयले नै लक्ष्यअनुरूप पर्याप्त बजेट खर्च गर्न सकेको छैन । ६ महिनासम्मको अवधिमा अर्थ मन्त्रालयले चालू वर्षका लागि विनियोजित बजेटको ९.९० प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालू वर्षका लागि अर्थ मन्त्रालयले आफूलाई ४१ अर्ब ७ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसमध्ये ९.९० प्रतिशत अर्थात ४ अर्ब ६ करोड ४४ लाख रुपैयाँ मात्रै बजेट खर्च गर्न सकेको हो । 

    अन्य कुन मन्त्रालयको बजेट खर्च कति ? 

    पुस मसान्तसम्मको अवधिमा सबै मन्त्रालयले गरी कूल विनियोजित बजेटको ३१.०५ प्रतिशत मात्रै बजेट खर्च भएको तथ्याङ्कले देखाएको छ । चालू वर्षका लागि सबै २२ वटा मन्त्रालयका लागि भनेर अर्थ मन्त्रालयले ७ अर्ब ३९ अर्ब १० करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये अर्धवार्षिक समीक्षासम्मको अवधिमा २ खर्ब २९ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ मात्रै खर्च भएको तथ्याङ्क छ ।

    यस्तै, पुष मसान्तसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४९.६३ प्रतिशत अर्थात २८ अर्ब १८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयले चालू वर्षका लागि भनेर ५६ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बजेट पाएको थियो ।

    यता, रक्षा मन्त्रालयले विनियोजित बजेटको ४६.६३ प्रतिशत अर्थात २७ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो वर्ष रक्षा मन्त्रालयले ५८ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बजेट पाएको थियो । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार