images
images

बीवाइडीद्धारा प्रायोजित 'चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

बीवाइडीद्धारा प्रायोजित 'चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • बीवाइडीद्धारा प्रायोजित 'चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

    काठमाडौं/  बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच चाइनिज न्यु इयर कप’ सम्पन्न
    भएको छ । 

    images
    images

    शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको
    किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको छ ।


    चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयूक्त रुपमा आयोजना गरिएको
    खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो ।


    चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक
    ब्याण्ड कुटम्वले बिभिन्न गीत प्रस्तुत गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई
    अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो ।


    कार्यक्रममा चीनका राजदुत चेन सब र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता
    जनाएका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको साइमेक्स इंक प्रालिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार