चर्चित समाचार
  • नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरंमा वृक्षारोपण कार्यक्रम

    नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरंमा वृक्षारोपण कार्यक्रम

    मंगलवार, फागुन ८ २०८०
    मंगलवार, फागुन ८ २०८०
  • नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरंमा वृक्षारोपण कार्यक्रम

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर, कैलाश डाँडांमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक आलोक कुमार चौधरी फागुन ५ गतेदेखि ४ दिने नेपाल भ्रमण गरेका थिए । 

    उनको भ्रमणका क्रममा नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको कार्याक्रम गरेको हो । 

    उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

    बंैेकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ । यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार