चर्चित समाचार
  • च्याउहरूको राजा ‘किङ्ग ओइस्टर’मा पाइन्छ यस्ता औषधीय गुण, प्रतिकेजी कति पर्ला ?

    च्याउहरूको राजा ‘किङ्ग ओइस्टर’मा पाइन्छ यस्ता औषधीय गुण, प्रतिकेजी कति पर्ला ?

    बुधवार, फागुन ९ २०८०
    बुधवार, फागुन ९ २०८०
  • च्याउहरूको राजा ‘किङ्ग ओइस्टर’मा पाइन्छ यस्ता औषधीय गुण, प्रतिकेजी कति पर्ला ?

    पोषणले भरिपूर्ण, बाह्रैमास उत्पादन गर्न सकिने अर्गानिक च्याउको नाम हो ‘किङ्ग ओइस्टर’ । नामजस्तै यो च्याउ गुण, स्वाद, साइज र स्वास्थ्यका हिसाबले पनि राजा नै छ । नेपालको नवलपरासी जिल्लाको नवलपुर गैंडाकोट नगरपालिकामा एनसी एग्रोटेक इन्डष्ट्रिज प्रा.लि.ले नेपालमा पहिलो पटक नयाँ  सोच नयाँ काम नयाँ नाम 'राजा च्याउ'को उत्पादन सुरु गरेको हो । कम्पनीका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपानेका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थबाट यो च्याउको उत्पादन गरिएको छ । 

    किन खाने किङ्ग ओइस्टर च्याउ ?

    यो च्याउ स्वास्थ्यका हिसाबले पनि अत्याधिक स्वास्थ्यबद्र्धक मानिन्छ ।  पूर्णरुपमा अर्गानिक तवरबाट खेती गरी उत्पादन गरिने च्याउ शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन र पुरुषको यौन क्षमता बढाउनसमेत उपयोगी रहेको विज्ञहरूको भनाइ छ ।

    औषधीय गुणले भरिपूर्ण यो च्याउ एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्त्व प्राप्त गर्न, मधुमेह, मुटु तथा निश्चित ट्युमर विरामीहरूको लागि उपयुक्त मानिन्छ । यसको सेवनले मोटोपन घटाउन पनि सहयोग पुग्ने बताइन्छ । लामो समयसम्म भण्डारण गर्न सकिने, ब्रेस्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोग पुर्याउने यो च्याउलाई च्याउहरूको राजा मानिन्छ । 

    बजार

    भाट्भटेनी, बिगमार्ट, सुपरमार्केटहरू, पार्टीप्यालेस, स्टार होटेल, रिर्सोट, होटल, रेस्टुरेन्ट तथा बजारमार्फत कम्पनीले च्याउ बिक्री गरिरहेको छ । यो च्याउ नेपाली बजारको लागि नयाँ छ । बजारको सम्भावना प्रशस्त भएकोले प्रोडक्ट चिनाए बजार विस्तार हुने निर्देशक न्यौपानेले बताए । 

    स्वदेशी उत्पादनको बजार विस्तार गर्न राज्यले क्यान मसरुमलगायतका अन्य मसरुमको आयातमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । 

    मूल्य 

    यो च्याउ उत्पादनका लागि काठको धुलो, चिनी मिलबाट निस्कने बकास, मकैको खोया, मकैको पिठो, पिना, चोकर र गहुँको पिठोलगायतका कच्चापदार्थको प्रयोग हुन्छ । यसर्थ, यो च्याउ पूर्ण रूपमा अर्गानिक रहेको छ ।

    धेरै किसिमका परिकार बनाउन सकिने भएकोले घरमा, होटलमा, पार्टी प्यालेसहरूमा र विभिन्न कार्यक्रममा मासु तथा पनिरको विकल्प यो च्याउ बन्न सक्छ । कम्पनीले राजा च्याउको न्यूनतम् मूल्य २८० रुपैयाँ तोकेको छ भने खुद्रा मूल्य ३२० रुपैयाँ तोकेको छ । करिब ६÷७ महिनासम्म यो च्याउको मूल्य परिवर्तन नहुने निर्देशक न्यौपानेले बताए । 

    मुलुकमै केही गर्ने सोचका साथ आफूहरू लागि परेका उनी राज्यका निकायले सहयोग गरे विदेशी उत्पादन विस्थापित गर्न सकिनेछ । 

    बजार बढे उत्पादन बढाउने योजना 

    बजारका कारण पूर्ण रूपमा उत्पादन गर्न नसकेको उनी बताउँछन् । उनका अनुसार सबै फाइभस्टार, स्टार होटल, पार्टी प्यालेसहरूमा नेपाली उत्पादन प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । 

    राज्यले क्यान मसरुमको विकल्प नेपाली उत्पादन तयार भएको छ भन्ने हिसाबले भन्सार कडाइ गर्नुपर्छ । उनले भने, “सबै फाइभस्टार, स्टार होटल, पार्टी प्यालेसहरूमा नेपाली उत्पादन प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । राज्यले क्यान मसरुमको विकल्प नेपाली उत्पादन तयार भएको छ भन्ने हिसाबले भन्सार कडाइ गर्नुपर्छ ।” माग बढे उत्पान बढाउन सकिने उनले जानकारी दिए । 

     अत्याधुनिक प्रविधिद्वारा उत्पादित यो च्याउ स्वस्थकर भएको र विभिन्न परिकार बनाइ स्वाद लिन सकिने भएको स्वदेशी उत्पादनलाई प्राथमिकताका साथ खरिद गर्न उपभोक्तालाई निर्देशक न्यौपानेको आग्रह छ । स्वदेशी कच्चा पदार्थबाट उत्पादित यो च्याउ उपभोग गर्न जोड दिँदै निर्देशक न्यौपाने भन्छन्, “
    नेपाली बनौँ, नेपाली भनौँ, सम्हालौँ नेपाल ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार