images
images

तेस्रो मुलुकमा चिया निर्यात गर्नुपर्ने नेता खनालको जोड, चीन पठाउन सके तीन गुणा बढी फाइदा हुने

तेस्रो मुलुकमा चिया निर्यात गर्नुपर्ने नेता खनालको जोड, चीन पठाउन सके तीन गुणा बढी फाइदा हुने

बिहिवार, फागुन १० २०८०
बिहिवार, फागुन १० २०८०
  • तेस्रो मुलुकमा चिया निर्यात गर्नुपर्ने नेता खनालको जोड, चीन पठाउन सके तीन गुणा बढी फाइदा हुने
    images
    images
    मङ्गलबारे (इलाम) / नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्नुपर्ने बताएका छन् ।
     
    इलाम नगरपालिका–१ को वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालमा उत्पादित चिया चीन निर्यात गर्नसके तीन गुणा बढी फाइदा हुने बताए । 
     
    चीनमा तीन गुणा बढी मूल्यमा चिया बिक्री भइरहेको भन्दै नेता खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नुपर्ने बताए । 
     
    हाल वार्षिक चार अर्बको चिया विदेश निर्यात भइरहेको भन्दै उनले चीनतर्फ निर्यात गर्दा १२ अर्ब भित्रिने जानकारी दिए । 
     
    इलाम–१ को वडाभित्र बढी चिया उत्पादन हुने भएकाले सो वडाले पूर्वप्रधानमन्त्री खनालसमक्ष चियाको समस्या किसानमार्फत राख्ने कार्यक्रम तय भएको थियो । 
     
    वडावासीको तर्फबाट मोती दाहालले किसान र उद्योगी समस्यामा परेको बताए । उनले तत्काल चियाको समस्या समाधान नभए किसान र उद्योगी पलायन हुनुपर्ने स्थिति आउने बताए ।
     
    कार्यक्रममा वडाको तर्फबाट चियाका साथै विद्यमान विभिन्न समस्या समाधान गर्न, विकास निर्माणलाई समेटेर छ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । वडाध्यक्ष गायत्रीराम बस्नेतले खनाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गरे ।
     
    खनालले सम्बन्धित पक्षसँग आफूले पहल गर्ने आश्वासन दिएका छन्। वडा कार्यालयअन्तर्गतको ज्येष्ठ नागरिक समन्वय समितिको तर्फबाट खनाललाई सम्मानसमेत गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार