काठमाडौँ / आइतबार सुनको भाउ प्रतितोला ५ सय रु पैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
यसअघि छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेकोमा बढेर १ लाख १७ हजार ९ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय पर्नेछ ।