images
images

चिराइतोको मूल्य वृद्धिले  किसान उत्साहित, प्रतिमन कतिमा भइरहेको छ कारोबार ?

चिराइतोको मूल्य वृद्धिले  किसान उत्साहित, प्रतिमन कतिमा भइरहेको छ कारोबार ?

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • चिराइतोको मूल्य वृद्धिले  किसान उत्साहित, प्रतिमन कतिमा भइरहेको छ कारोबार ?
    किमाथाङ्का (सङ्खुवासभा) / बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान उत्साहित भएका छन् । 
     
    विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका हुन् । 
     
    गत वर्ष चिराइतोको मूल्य कम हुँदा प्रभावित भएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । 
     
    अहिले चिराइतो प्रतिमन (४० केजी) रु ४४ हजारका दरले कारोबार भइरहेको चिराइतो व्यवसायी आङजुङ भोटेले जानकारी दिए । 
     
    केही वर्षअघि प्रतिकिलोग्राम दुई सयमा कारोबार हुने गरेको चिराइतोको मूल्य प्रतिकिलोग्राम एक हजार एक सयमा किनबेच भइरहेको व्यवसायी  भोटेले बताए । 
     
    सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुङ्गाबाट सङ्कलन भएको पाँच हजार किलोग्राम चिराइतो काठमाडौँ पठाइसकेको उनले बताए । 
     
    सङ्खुवासभाको भोटखोला गाउँपालिका र भोजपुर जिल्लाबाट सङ्कलन गरिएको करिब दुई हजार आठ सय किलोग्राम चिराइतो जिल्लाबाहिर पठाउन लागिएको व्यवयासी भोटेले बताए । 
     
    हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ । 
     
    चिराइतो चीन, भारत र बङ्गलादेश निकासी हुँदै आएको छ । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी  भोटेले बताए। आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उनको भनाइ छ । 
     
    अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् ।  ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, जिउ सुन्निएको, पोलेको  रोगका लागि यसका पात, डाँठ, जरा औषधिका रुपमा प्रयोग हुने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार