images
images

विनोद चौधरीले दयाहाङ्लाई भने, - मैले एक बर्षमा कमाउने तपाईँले एउटै फिल्मबाट कमाउनुहुन्छ

विनोद चौधरीले दयाहाङ्लाई भने, - मैले एक बर्षमा कमाउने तपाईँले एउटै फिल्मबाट कमाउनुहुन्छ

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • विनोद चौधरीले दयाहाङ्लाई भने, - मैले एक बर्षमा कमाउने तपाईँले एउटै फिल्मबाट कमाउनुहुन्छ

    काठमाडौँ / बैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘डिग्री माइला’को ट्रेलर यतिबेला चर्चामा रहेको छ । उक्त ट्रेलरमा भएको सवांदलाई लिएर नेपालका अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलेसमेत टिप्पणी गरेका छन् । 

    images
    images

    यसको कारण भने उक्त ट्रेलरमा चलिचित्रका अभिनेता दयाहाङ राई र माओत्से गुरुङबिच भएको संवाद सिजी ग्रुप र विनोद चौधरीसँग सम्बन्धित भएकोले हो ।

    यस्तो छ संवाद :

    दयाहाङ राई : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि । त्यसले मलाई मासिक चार लाखको अफर गर्‍या थ्यो । 

    माओत्से गुरुङ : तैँले किन खाइनस् त ?

    दयाहाङ राई : चौधरी आफैँ धनी छ, धनीमाथि धनी के बनौँ ? 

    चलचित्रमा भएको उक्त संवादलाई लिएर उनले अभिनेता राईप्रति कटाक्ष गर्दै लेखेका छन्, “मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट ।” 
    सामाजिक सञ्जालमा उनको यो प्रतिक्रियालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार