images
images

प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो : प्रधानमन्त्री प्रचण्ड

प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो : प्रधानमन्त्री प्रचण्ड

शनिवार, फागुन १९ २०८०
शनिवार, फागुन १९ २०८०
  • images
    images
    प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो : प्रधानमन्त्री प्रचण्ड

    लुम्बिनी / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन् । 

    images
    images

    लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयताका नवीन र असल अभ्यासको अनुकरण र अवलम्बन गर्दै नेपालले सङ्घीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताए । 

    उनले भने, “नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै सङ्कल्प गर्न जरुरी छ ।”

    लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्यलगायतका विषयमा महत्तवपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम बाँकी रहेको बताए । 

    “आगामी दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका क्षेत्रमा धेरै काम बाँकी छ”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना देखाएको  छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्था विरोधीहरूको षड्यन्त्र निस्तेज पार्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गर्नुपर्छ ।”  

    प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत सङ्घीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे ।

    प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथम्कदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने सङ्कल्प गरिएको बताए ।

    सङ्घीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको, सङ्घीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐनलगायतका अन्य मस्यौदा पनि छिट्टै संसद्मा प्रस्तुत हुने दाबी गरे। 

    प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर विभिन्न परिवर्तनका आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गरे । उनले भने, “लुम्बिनी क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त हो ।”

    नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उनको भनाइ थियो । 

    प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायतका राजनीतिक–सामाजिक परिवर्तनमा लुम्बिनी प्रदेश र प्रदेशवासीले महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार