images
images

म नमर्दासम्म उथलपुथल भइराख्छ, प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

म नमर्दासम्म उथलपुथल भइराख्छ, प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • images
    images
    म नमर्दासम्म उथलपुथल भइराख्छ, प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी एक हुने अवस्था भएको बताएका छन् । नयाँ सत्ता समीकरणप्रति सङ्केत गर्दै उनले आफू नमर्दासम्म उथलपुथल भइरहने दाबीसहित यस्तो बताएका हुन् । 

    images
    images

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।

    सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए । 

    उनले भने, “आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ । म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।”

    घेरा हालेर सिध्याउने कोशिश भए पनि त्यसलाई तोड्दै आएको उनको भनाइ छ । 

    “मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौँ,” उनले भने । 

    उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उनले बताए । 

    प्रचण्डले भने, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ । ‘माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरुको कसैको होइन ।”

    आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कने बताएका छन् । उनले आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गरे । 

    “मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु”, उनले भने, “उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार