images
images

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछन् यी १८ जना मन्त्री, कुन मन्त्रालय कसको पोल्टामा पर्यो ?

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछन् यी १८ जना मन्त्री, कुन मन्त्रालय कसको पोल्टामा पर्यो ?

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • images
    images
    प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछन् यी १८ जना मन्त्री, कुन मन्त्रालय कसको पोल्टामा पर्यो ?

    काठमाडौँ / नेपाली कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगको नयाँ गठबन्धनसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा १८ सदस्य रहने भएको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्री र बुधबार थप १४ जना मन्त्रीको बन्ने पक्का भएपछि प्रधानमन्त्री प्रचण्डको १८ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गर्ने भएका हुन् । 

    images
    images

    नयाँ मन्त्रीहरूको कार्यविभाजनसहितको सूची प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाइसकेका छन् । थप १४ जना मन्त्रीले आज ५ः४५ बजे शपथ लिने तयारी छ । 

    कुन मन्त्रालयमा कसले गर्दैछन् नेतृत्व ? 

    पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ८ जना सहभागी हुने भएका छन् । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगाएको हो ।

    सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्नेछन् । उनले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

    यस्तै, एमालेका तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीको टुङ्गो लागेको छ । पदम गिरीले भने सोमबार नै सपथ लिइसकेका छन् । 

    यसैगरी, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र मन्त्री बनेका छन् भने अर्थ मन्त्रालयको बागडोर वर्षमान पुनले थाम्ने भएका छन् । 

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा रेखा शर्मा दोहोरिएका छन् । यसैगरी, हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । 

    यस्तै, रास्वपाबाट रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् भने डोलप्रसाद अर्यालले श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय र सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

    वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले साझेदारी गर्ने सम्झौता भएको छ । यसमध्ये जसपाले हालसम्म मन्त्रीको नाम टुङ्गाएको छैन । साथै, एकीकृत समाजवादीलाई पनि गठबन्धनमा ल्याउने प्रयोग भइरहेको छ । सो विषयमा समाजवादीले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । 

    त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ । जिम्मेवारी दिए लगत्तै नेताहरू प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार