images
images

गृहमन्त्री लक्षित एमाले नेताको टिप्पणी : सहकारी काण्डका दोषीलाई कारबाही गर्न खुट्टा कमाउन हुँदैन

गृहमन्त्री लक्षित एमाले नेताको टिप्पणी : सहकारी काण्डका दोषीलाई कारबाही गर्न खुट्टा कमाउन हुँदैन

शनिवार, फागुन २६ २०८०
शनिवार, फागुन २६ २०८०
  • images
    गृहमन्त्री लक्षित एमाले नेताको टिप्पणी : सहकारी काण्डका दोषीलाई कारबाही गर्न खुट्टा कमाउन हुँदैन

    काठमाडौँ / नेकपा (एमाले) का प्रभावशाली नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् ।

    images
    images

    काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले एक सय ५० भन्दा माथिको संख्यामा विश्वासको मत पाउने दाबी गरेका हुन् । 

    ‘विश्वासको मत पाउने कुरामा कुनै शंका छैन । विश्वासको मतको सुनिश्चित्ता छ । अहिले सरकारमा सहभागी दलहरुको संख्याको आधारमा पनि पुग्छ । अरु थप नयाँ दलहरुसँग पनि कुरा हुँदैछ । एक सय ५० भन्दा माथिको संख्यामा यो सरकारले मत पाउँछ,’– उनले भने । 

    साथै, कांग्रेस-माओवादी नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा एउटा कानुन बनाउनेबाहेक केही काम गर्न नसकेको उनले टिप्पणी गरे ।

    नेता पोखरेलले अघिल्लो सरकारले विभिन्न आरोपमा मुछिएका मन्त्रीहरुलाई जोगाउने बाहेक कुनै काम नगरेको दाबी गरे । जटिल अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थीहरुको ध्रुवीकरण हुनेगरी नयाँ गठबन्धन र सरकार बनाउने निर्णय गरेको उनको भनाइ छ । उनले अहिलेको यथास्थितिलाई तोड्न नयाँ बनेको सरकारले उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गरे । 

    ‘हामीले जुन मन्त्रालयलाई बडो महत्वपूर्ण मन्त्रालय गृह, परराष्ट्र, शिक्षा, स्वास्थ्यलगायतका मन्त्रालय छोडेर यो गठबन्धनलाई बलियो बनाएर मुलुकलाई समृद्ध नेपाल र सुखी नेपालीको दिशामा अगाडि बढाउन सकिन्छ भने र वामपन्थीहरुको एकतालाई अझ मजबुद बनाउन सकिन्छ भने एमाले अहिले भएका दलमा सबैभन्दा ठूलो दल र २०७९ को निर्वाचनमा जनमतको हिसाबले सबैभन्दा ठूलो पार्टी हो । हामी अहिलेको गठबन्धन निर्माणको समस्यामा लागेका छौं,’– उनले भने ।  

    नेता पोखरेलले संविधानमा तीन खम्बे अर्थ नीति भनेर सहकारीलाई पनि स्थान दिईएपनि नियमण प्रणाली कमजोर हुँदा समस्या पैदा भएको बताए । सहकारी समस्याबारे छानविन गर्न सरकारले खुट्टा नकमाउने उनको भनाइ छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वर्तमान सरकारको मन्त्रिमण्डलमा रहेकादेखि जोकोही दोषी भएपनि कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्ने दाबी गरे । 

    ‘यसमा विभिन्न तहका नेताहरुको पनि हामी कुरा सुनिरहेका छौं । प्रहरीले यसमा अनुसन्धान गरेको छ । अनुसन्धान अधिकारीहरुले यसमा गम्भीरतापूर्वक छानविन गरेका छन् । यो सरकारले खुट्टा कमाउने छैन ।’ उनले भने, ‘यो मन्त्रिमण्डलमा रहेका हुन् वा जोसुकै पनि दोषी छन् भने त्यसलाई कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्नेछ ।’ 

    यथास्थितिवादलाई भत्काएर अग्रगमणतर्फ जान अहिलेको सरकार गठन भएको उनको दाबी छ । वर्तमान सरकारले प्रगतिशील कदम अगाडि बढाउने उनको दाबी छ ।

    मन्त्रीहरुमाथि कुनै पनि नैतिकताको प्रश्न उठेमा यो सरकार हेरेर नबस्ने र विगतको सरकार जस्तो नहुने उनको भनाइ छ । यो सरकार पूरै अवधि जाने र यसले नै आगामी निर्वाचन गराउने उनको दाबी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार