images
images

कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै, २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता

कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै, २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै, २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता

    काठमाडौँ / कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुने आयोजकले जनाएको हो । 

    images
    images

    ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ । 

    यस वर्षको ʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरुको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वाश लिएको छ । 

    कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, “यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।”

    ʻकाठमाडौँ इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोस्मो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरुझै सफल हुने कम्पनीले विश्वाश लिएको छ । यस कार्यक्रममा उपस्थित हुन चाहनेहरुले मोस्मो र कोका–कोलाको स्वाद सहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुनेछ । 

    बोटलर्स नेपाल लिमिटेडका एमडी श्री दीपक सेन्थिल नाथले भने, “काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणलाई नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्रा उपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मोस्मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।”

    ʻकाठमाडौँै इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ । ʻकाठमाडौँै इज कुकिङ’ मा सहभागी भई रमाइलो गर्ने अवसरको फाइदा लिनुहोस् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार