काठमाडौँ / इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कासँग ४ हजार ५२३ ले मतान्तर बढाएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले १२ हजार ४०५ मत पाएका छन् भने खड्काले ७ हजार ८८२ मत पाएका छन् । यता, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम भने खड्कालाई ७ हजार ७६९ मतसहित पछ्याइरहेका छन् ।
हालसम्म रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ६३६ मत मात्रै प्राप्त गरेका छन् ।
फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।